म प्रधानमन्त्री बन्न पार्टी खोलेको हो : मेयर हर्क साम्पाङ

ताप्लेजुङ, मंसिर ११ गते । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न पार्टी खोलेको बताउनुभएको छ । विहीबार श्रम संस्कृति पार्टी सङ्गठन घोषणाका लागि ताप्लेजुङ आउनुभएको साम्पाङले आफू अरुलाई नभई आफू नै प्रधानमन्त्री बन्नका लागि पार्टी खोलेको बताउनुभएको हो ।

उहाँले घोषणा सभालाई सम्बोधन गर्दै भन्नुभयो, “मैले अरुलाई प्रधानमन्त्री बनाउन पार्टी खोलेको होइन म आफैं प्रधानमन्त्री बन्ने हो ।” प्रधानमन्त्री बन्ने दम आफू सँग मात्र भएको उहाँको दावी थियो ।

आफू आत्मविश्वास भएको मान्छे भएका कारण प्रधानमन्त्री अरुलाई होइन आफू बन्ने मेयर साम्पाङको भनाई छ । यो देश जलिरहेको बेला ढली रहेको बेला पनि देशको जिम्मा लिन्छु भनेर जाने पनि पनि आफू मात्रै रहेको बताउनुभयो । अरु सबै भागेर लुकेको उहाँको आरोप छ ।

साथै एक पैसा पनि भ्रष्टाचार नगर्ने उहाँको प्रतिबद्धता रहेको छ । आफूले टालाटुली सरकारमा विश्वास नगर्ने उहाँको भनाई छ । नेपाली जनताले आफ्नो पार्टी बहुमत दिनुपर्ने बताउनुभयो । यदि श्रम संस्कृति पार्टीले बहुमत पाएको खण्डमा देशमा परिवर्तन ल्याउने यदि परिवर्तन ल्याउन नसके देश नै छोड्ने घोषणा गर्नुभएको छ ।

राई नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले समेत आधिकारिक रुपमा दल दर्ताको प्रमाण पत्र उपलब्ध गराएको छ । अहिले राई देश व्यापी रुपमा सङ्गठन बिस्तारका लागि व्यस्त हुनुहुन्छ ।

छिमेकी जिल्लाहरू पाँचथर र इलाममा यस अघि नै श्रम संस्कृति पार्टी गठन गरि सकिएको छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।