धनकुटाकी २० बर्षिया स्मारिका राई ,जो कलिलै उमेर बिद्यालयका प्रधानाध्यापक बनिन्
धनकुटा । धनकुटाकी स्मारिका राईले २० वर्षमै विद्यालय नेतृत्वको जिम्मेवारी सम्हालेर आफ्नो क्षेत्रमा विशेष चर्चा कमाएकी छिन्। उनी हाल साँगुरीगढी गाउँपालिका–८ मा रहेको भूमिश्वर प्राथमिक विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यरत छन्।
यस्तो उपलब्धि प्राप्त गर्नु उनीका लागि सहज थिएन। कम उमेरमै नेतृत्वको स्थानमा पुग्न उनले लगातार मेहनत, गहिरो लगनशीलता र लक्ष्यप्रति नछोडिने प्रतिबद्धता देखाइन्।
गत वर्ष २०८१ फागुनमा शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहको प्रतिस्पर्धा जित्दै उनी सरकारी शिक्षक बनेकी थिइन्। त्यही सफलताले उनलाई विद्यालय नेतृत्वसम्म पुर्याएको हो।
स्मारिकाको कथाले एक यथार्थ देखाउँछ—सपना ठूलो भए, प्रयास दृढ भए र आत्मविश्वास कायम रहे भने चुनौती कति ठूलो भए पनि पार गर्न सकिन्छ।-स्रोत :जनता टाइम्स


