सुनसरीको धरानमा ट्रकमा मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीवार राति धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले रोडको साइडमा रोकी राखिएको प्र १–०२–००१ ख ८७५७ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी तिनकुनेबाट प्रहारी हवलदार प्रेम कुमार सार्कीको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक, सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय मन्जिल लिम्बु गम्भीर घाइते भएका थिए। उनको हात अनुहारमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो। त्यस्तै, मोटरसाइकल पछाडि सवार धरान–५ बस्ने ३२ वर्षीय अमित राईको टाउकोमा चोट लागेको छ।

उपचारका क्रममा करिब शुक्रबार बिहान मोटरसाइकल चालक मन्जिल लिम्बुको मृत्यु भएको अस्पतालले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईले बताए।

दुर्घटनामा संलग्न ट्रकका चालक, तेह्रथुम फेदाप गाउँपालिका–२ का २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लिम्बुको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।