विराटनगर स्थित सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई

विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले बीएचएम र बीबीए कार्यक्रमका विद्यार्थीलाई औपचारिक रुपमा बिदाई गरेको छ।

कलेजले शुक्रबार एक विशेष समारोह आयोजना गरी बीएचएमका ५० र बीबीएका २५ विद्यार्थीलाई बिदाई गरेको क्याम्पस प्रमुख विनय केसीले जानकारी दिनुभयो।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सास्थम कलेजले स्नातक तहका बीएचएम र बीबीए तथा स्नातकोत्तर तहको एमबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजमा अध्ययन सम्पन्न गरी दीक्षित भएका बीबीएम (सन् २०२१) र बीएचएम (सन् २०२२) का विद्यार्थीहरुलाई चार वर्षे कोर्स पूरा गरेपछि बिदाई गरिएको हो।

रत्ना होटल, विराटनगरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। होटल म्यानेजमेन्ट क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेजले बीएचएम विद्यार्थीलाई नेपालसहित जापान, दुबई, बहराइन, माल्दिभ्सलगायतका देशका स्टार होटलहरूमा इन्टर्नशिपका लागि पठाउँदै आएको छ।

बिदाई कार्यक्रममा सास्थम कलेजका म्यानेजिङ डाइरेक्टर रोशन बहादुर थापा, क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंह, बीएचएम प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेश, बीबीए प्रोग्राम डाइरेक्टर अर्चना भट्ट साथै अन्य शिक्षक–कर्मचारीहरुको उपस्थिति थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।