भानुको वक्तृत्वकला बस्नेत र कविता प्रतियोगितामा सुवेदी अब्बल

विराटनगर । विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रीया सुवेदीको कविता अब्बल सावित भएको छ ।

शुक्रबार कलेज परिसरमा आयोजित प्रतियोगितामा ‘नयाँ नेपालको आस, युवाहरूको लाश’ शीर्षक कविता वाचन प्रस्तुत गर्ने सुवेदी प्रथम हुन सफल भइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले २० जना प्रतिस्पर्धीमध्येबाट सुवेदीको कवितालाई प्रथम घोषणा गरेको थियो । कलेजका शिक्षक वसन्त बस्नेतसमेत सहभागी निर्णायक समितिले गरिमा चौधरीको कवितालाई दोस्रो, अन्वेषा पोखरेलको कवितालाई तेस्रो र राकेश यादवको कवितालाई सान्त्वना घोषणा गरेको थियो ।

विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगितामा प्रतिस्पर्धीहरुले राजनैतिक विकृति, विसंगति, भ्रष्टाचार, बेरोजगारी, महिला समस्या, जातीय विभेदलगायतका विषयमा केन्द्रित रहेर लेखेका कविता वाचन गरेका थिए ।

त्यस्तै शुक्रबार नै कलेजले वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरेको छ । ‘सामाजिक सञ्जाल र यसले युवामा पारेको प्रभाव’ विषयमा आफ्ना उत्कृष्ट विचार प्रस्तुत गरेर मान्यता बस्नेत प्रथम भइन् ।
त्यस्तै रविना खातुनले दोस्रो र सत्यम कर्णले तेस्रो स्थान प्राप्त गर्दा समा खातुनले सान्त्वना पुरस्कार जितिन् । वक्तृत्वकला प्रतियोगिताको पनि निर्णायकमा नवोदित र बस्नेत नै रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि कलेजले प्रदान गर्ने यस्ता मञ्च निकै उपलब्धिमूलक हुने बताए । उनले विद्यार्थीहरुलाई आफूभित्र रहेको प्रतिभा लुकाएर नबस्न आग्रहसमेत गरे । नवोदितले विद्यार्थीले पाठ्यपुस्तक अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठको सभापतित्व सम्पन्न कार्यक्रममा निर्देशक तथा कार्यक्रम संयोजक देवेश प्रधान, निर्देशक रमेश पाण्डे, वसन्त बस्नेतलगायतले भानु कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राखेको बताए । उनीहरुले कलेजले कविता, वक्तृत्व, हाजिरीजवाफ, वादविवादसहित खेलकुदका विभिन्न प्रतिस्पर्धा गर्ने सुनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।