मोरङ कारागारमा रहेका एक जनाको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–३ घर भएका ४७ वर्षीय तेजबहादुर राईको बिहीबार राति ११ः२० बजेतिर मोरङ कारागारमा मृत्यु भएको छ । जंगली हात्ती मारेको आरोपमा उनलाई प्रहरीले गत साउन २० गते पक्राउ गरेको थियो ।

अदालतले राईलाई कारागार चलान गरेर मुद्दाको पुर्पक्ष गर्न भदौ १८ गते आदेश दियो । आदेशपछि कारागार चलान गरिएका राईलाई पछि अदालतले जंगली हात्ती मारेको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतले दोषी ठहर गरेपछि सजाय भुक्तान गरिरहेका बेला अचानक बिरामी परेपछि मंसिर १० गते बुधबार उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरियो । उपचारकै क्रममा ज्यान गुमाएका राईलाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको कारागारका जेलर गौरव ढुंगेलले बताए ।

अदालतको फैसला अनुसार राईले २०८६ साल साउन २९ गते सजाय भुक्तान गरिसक्ने थिए । तर, सजाय भुक्तानको साढे ४ वर्ष बढी अवधि बाँकी रहँदै उनको मृत्यु भएको हो ।

मोरङ कारागारका २ जना कैदीको बिहीबार मात्रै मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार एकै दिन २ जनाको मृत्यु भएको हो । मृतक दुवै जना अलगअलग मुद्दामा अदालतले दोषी ठहर गरेर कैद सजायको फैसला सुनाएका कैदी हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।