हस्पिटल म्यानेजमेन्टको मास्टर्सका नयाँ विद्यार्थीलाई मनमोहनको अभिमुखिकरण

विराटनगर, १३ मंसिर । मनमोहन प्राविधिक विश्वविद्यालयले अस्पताल व्यवस्थापन स्नातोकोत्तर ( मास्टर्स) तहमा अध्यन गर्ने नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण सहित स्वागत गरेको छ ।

मनमोहन विश्वविद्यालयको स्कुल अफ हेल्थ साईन्स अन्तर्गतको हस्पिटल मेनेजमेन्ट कलेजले शनिवार औपचारिक कार्यक्रम आयोजना गरि मास्टर्स अफ हस्पिटल एण्ड हेल्थकेयर मेनेजमेन्टको दोस्रो व्याच २०८२ का विद्यार्थीहरुलाई अभिमुखीकरण सहित स्वागत गरेको हो ।

नयाँ विद्यार्थीको स्वागत तथा अभिमुखिकरण कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले स्वास्थ्य क्षेत्रका डाक्टर , नर्स , प्रशासन र प्राविधिकतर्फका सबैले अध्यन गर्नेपर्नेगरि अस्पताल व्यवस्थापन मास्टर्स तहको पाठक्रम बनाएर दुई बर्ष अघिदेखी पढाई सुरु गरेको बताए । उनले नयाँ र व्यवहारिक कोर्ष भएकैले एमाविविएस र एमडीगरेका उपचारमा लामो समयदेखी संलगन एलोपैथिक मात्र नभएर होमियोपैथिक र आर्युवेदतर्पका डाक्टरहरु अनि नर्सिङ र प्राविधिकमा स्नातक र डिग्री उपाधी लिएकाहरुले समेत अस्पताल व्यवस्थापन अध्यन गरिरहेका छन । ‘हामीले अस्पतालमा विभाग र समग्र व्यवस्थापनकालागि निर्देशक भएर नेतृत्व गर्नेमात्र नभएर खरिद प्रकृया, आइपर्ने द्धन्द्ध व्यवस्थापन र विरामीको सन्तुष्टि मापनलाई पनि ख्याल गरेर व्यवहारिक कोर्ष बनाएका हौ’ , उपकुलपति पोखरेलले भने ।

धरान स्थित विजयपुर अस्पताल प्रालीका प्रशासन प्रमुख तथा अस्पताल व्यवस्थापन विज्ञ ईन्द्र नेपाल योन्जनले स्वास्थ्य क्षेत्रमा धेरै बिषय पढेर पनि हस्पिटल म्यानेजमेन्ट पढेन भने ज्ञान शीप अधुरो हुने बताए । उनले अस्पताल व्यवस्थापनमा डिग्री लिएपछि सफल प्रशासक बनेर जागिर खान मात्र नभएर आफनै अस्पताल सञ्चालन गर्न समेत सहज हुन्छ भने । अस्पताल प्रशासक योन्जनले नेपालमा पोखरा विश्वविद्यालयमा अस्पतालको नीति र अवस्था जानकारी गराउन हेल्थकेयर पढाई गरिने भएपनि हस्पिटल व्यवस्थापनको मास्टर्स तहको पढाई सञ्चालन गर्ने मनमोहन प्राविधिक विश्वविद्यालय नै पहिलो भएको बताए । मनमोहन प्राविधिक विश्विद्यालयको हस्पिटल म्यानेजमेन्ट कलेजकी कार्यक्रम निर्देशक प्रतिक्षा रेग्मीले अस्पताललाई सञ्चालन गराउनका लागि कुशल नेतृत्व उत्पादन गर्न आफुहरुले जोड दिइरहेको बताईन ।

अभिमुखीकरणमा सहभागी डाक्टर , नर्स र दक्ष प्राविधिक रहिसकेका दोस्रो समुहका विद्यार्थीहरुले आफनै देशमा आफुले चाहेको एकदमै व्यवहारिक कोर्ष पढन सस्तो खर्चमा पढन पाएकोमा मनमोहन विश्वविद्यालयाई धन्यबाद दिए । कार्यक्रममा मनमोहन विश्विद्यालय एप्लाईड हेल्थ एण्ड साईन्सको डिन डा रेखा श्रेष्ठ , आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका प्रचार्य सुदिप अधिकारी , रोजगार अधिकृत प्रकृति भट्टराई , परिक्षा विज्ञ युवराज चौधरी लगायतको सहभागीता थियो।

मनमोहन प्राविधिक विश्वविद्यालयले विदेशमा अध्यन गरिसकेका विज्ञहरुबाट अस्पताल व्यवस्थापन एण्ड हेल्थकेयरको नयाँ कोर्ष निर्माण गराएर २०८० देखी स्नातोकोत्तर तहको पढाई सुरु गरेको हो । नेपालमा मेडिकल हेल्थ केयरबारे पोखरा विश्वविद्यालय र हस्पिटल म्यानेजमेन्ट र हेथ्यकेयबारे कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वद्यालयमा मात्र समेष्टर प्रणालीमा पहिलो बर्ष २४जना र दोस्रो बर्ष २७ जनाको कोटा अनुसार भर्ना लिएर पढाई सञ्चालन गराउदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।