यि हुन् धनकुटाबाट छानिएका १३ जना महाधिवेशन प्रतिनिधि

धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गरिएको हो ।

खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् । महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले निर्वाचित भए ।

यता, युवातर्फ सरोज राई निर्वाचित भए भने दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत भएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

यसैबीच, निर्वाचित प्रतिनिधिहरूलाई आज साँझ प्रमाणपत्र वितरण गरिएको छ । एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, एमाले कोशी प्रदेश कमिटी सदस्य खण्डमान राई, प्रमुख निर्वाचन अधिकृत नहकुल राई लगायतले निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरेका छन् ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।