धनकुटामा विद्युतीय माध्यमबाट महिला तथा बालबालिका विरुद्द हुने अपराध सम्बन्धी प्रशिक्षण
धनकुटा,१६ मंसिर । धनकुटामा विद्युतीय माध्यमबाट महिला तथा बालबालिका विरुद्द हुने अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
जिल्लाको धनकुटा नगरपालिका ६ मा स्थित श्री गोकुण्डेश्वर माध्यमिक विद्यालय सिरान बजार धनकुटामा जिल्ला प्रहरी कार्यालय धनकुटा, महिला मानव अधिकार रक्षक संजाल धनकुटा, वेस्ट नेपाल धनकुटा, दलित संघ फेडो धनकुटा, पारालिगल सहयोग समिति धनकुटा र महिला पुर्नस्थापना सेवा केन्द्र धनकुटाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
धनकुटा नपाका उपप्रमुख भिमा देवी खनालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा ११ र १२ का छात्र/ छात्रा, शिक्षक/ शिक्षिका लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्र.स. नि. अनिल परियारले विद्युतीय माध्यमबाट महिला तथा बालबालिका विरुद्द हुने अपराध सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


