धनकुटामा स्कुल बस दुर्घटना हुंदा घाइते भएका बस चालकको उपचारका क्रममा मृत्यु
धनकुटा । शैक्षिक भ्रमणमा आएको स्कुल बस धनकुटामा दुर्घटना हुंदा घाइते भएका बस चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
गत मंसिर १४ गते धनकुटा नगरपालिका वडा नं. ७ रमाइलो घुम्तीमा सुनसरीको रामधुनीबाट तेह्रथुमको तीनजुरेसम्मको शैक्षिक भ्रमण सकेर फर्कँदै गरेको को १ ख ५३१३ नम्बरको स्कुल बस अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा परि गम्भीर घाइते भएका बसचालक सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ झुम्का घर भएका ६० वर्षीय भुवन चौधरीको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।


