धनकुटामा किरात समुदायको विशेष चाड उधौली भव्यताका साथ मनाइने
धनकुटा,१७ मंसिर । धनकुटामा किरात समुदायको विशेष चाड उधौली भव्यताका साथ मनाउने भएको छ ।
किरात राई यायोख्खा धनकुटाको आयोजनामा भोलि(मंसिर १८ गते) पर्ने मंसिरे पूर्णीमाको दिन किरात राई समुदायको उधौली चाड भव्यताका साथ मनाउने भएको हो ।
प्रकृति पूजक किरात समुदायले नयाँ बाली भित्र्याईएको खुशियाली र चरा चुरुङ्गी लेकबाट बेँसी तर्फ झर्ने संकेतको रुपमा मनाईने यो चाडरो अवसरमा मंशिर १८ गते पूर्णीमाको दिन धनकुटा नगरपालिका ६ स्थित राईकुवा टोल स्थितको साकेला पार्कमा विधिपूर्वक उधौली पूजाआराधना गरि मनाइने भएको छ ।
यो चाड किराती समुदायका सुनुवार,राई लिम्बु, याख्खाहरुको बसोबास रहेको क्षेत्रमा मनाउने गरिन्छ । यो चाडॅा किराती समुदायले आफ्नो पितृलाई स्मरण गरि खेतबारीमा पाकेको अन्नबाली ईस्ट देवतालाई चढाउदै खानका लागि अनुमती माग्ने गर्दछन् ।
सुनुवारले फुलस्यादर,राईले उधौली साकेला,याख्खाले चासुवा र लिम्बुहरुले चासोक तङ्नामको नामले मनाउने गर्दछन् । किराँतीहरुले अन्नबाली लगाउने समय बैशाख पूर्णीमामा उभौली चाड मनाउने गर्दछन् भने मंशिर पूर्णीमाको दिन उधौली चाड मनाउने गर्दछन् ।


