३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा उत्कृष्ट ‘आहाले मिलिजुली समूह’लाई सम्मान

हिराराज राई,धनकुटा । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा साँगुरीगढी गाउँपालिकामा अन्तरक्रिया तथा उत्कृष्ट मिलिजुली समूह सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा साँगुरीगढी–९ स्थित ‘आहाले मिलिजुली समूह’लाई उत्कृष्ट समूहका रूपमा चयन गरी रु. १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो।

समूहले अपाङ्गता भएका व्यक्ति तथा समुदायबीच सहयोग, समावेशी सहभागिता र आत्मनिर्भरता अभिवृद्धिमा गरेको योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले समावेशी समाज निर्माणमा यस्ता समूहहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै अव छिमेकी बस्ती र वडाहरूले पनि यसबाट प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी पनि दिनुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समूहका सदस्य, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा समुदायको सक्रिय सहभागिता रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖