लुम्बिनीसँग विराटनगर ५ विकेटले पराजित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा लुम्बिनी लायन्स विजयी भएको छ। विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै लुम्बिनी विजयी भएको हो।
विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १२ बल बाँकी छँदा नै भेट्टाएको हो। लुम्बिनीको जितमा ड्रार्शी शर्टले अर्धशतकीय पारी खेले। शर्टले ३८ बलमा ५१ रन जोडेका थिए।
यो जितसँगै लुम्बिनीको प्ले अफतर्फको यात्रा कायम छ। विराटनगरले भने ६ खेलमा दोस्रो हार व्यहोरेको छ। ६ खेलबाट ८ अंक रहेको विराटनगर तेस्रो स्थानमा छ।
तर, विराटनगरले लिगमा आफ्नो अन्तिम खेल आउने शनिवार प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्सँग खेल्नेछ। त्यसअघि हुने अन्य खेलको नतिजापछि विराटनगरलाई प्लेअफ पुग्न कस्तो नतिजा चाहिन्छ थाहा हुनेछ।


