लन्डनमा कारको ठक्करबाट मृत्यु भएका धरानका युविनको परिवारलाई धरान समाज यूकेबाट सहयोग हस्तान्तरण

लन्डन । सडक दुर्घटनामा परी ज्यान गुमाएका २० बर्षीय विद्यार्थी युविन तामाङको परिवारलाई धरान समाज यूकेले आर्थिक सहयोग गरेको छ ।

यूकेमा रहेका मनकारी दाताहरुसँग आर्थिक सहयोग जुटाएर समाजले मृतक परिवारलाई ३ हजार ३१० पाउण्ड सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष निकेश लिम्बूले जानकारी दिए । यूकेको रिडिङमा समाजका अध्यक्ष लिम्बू र महासचिव वल्लभ गुरुङले मृतक युविनका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई रकम हस्तान्तरण गरेका थिए ।

मृतक तामाङको परिवार धरान निवासी हुन् । धरानबासी भएको नाताले पनि छोराको निधनले शोकमा परेको परिवारलाई आर्थिक सहयोग गरिएको अध्यक्ष लिम्बूले बताए । ‘मृतक परिवार धरानबासी भएको कारणले पनि सहयोग गरेका हौं, दाताहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ समाजका अध्यक्ष लिम्बूले भने,‘मानवताको हिसाबले सहयोग गरेका छौं । अफ्ठ्यारो र समस्या परेको बेला धरानबासी भनेर मात्र होइन, संस्थाले सबै नेपालीहरुलाई सहयोग गर्न तयार हुनेछ ।’

मृतक विद्यार्थी युविन तामाङको घर धरान ११ मा पर्छ । गत अक्टोवर ११ मा इष्ट लण्डनको इल्फोर्डस्थित रेडब्रिज लेनमा र्यापर गेट्सले चलाएको कारले ठक्कर दिदा युविनको मृत्यु भएको थियो । सडकमा हिडिरहेका युविनलाई गेट्सले चलाएको बिएमडब्ल्यु कारले ठक्कर दिदा गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार उनलाई तत्कालै अस्पताल पुर्याएको भएपनि उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो । उक्त दुर्घटना पछि र्यापर गेट्स फरार भएका थिए । तर, केही समयपछि प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेको थियो । -क्लिक धरानबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।