धनकुटामा यसरी मनाइयो किरात राईहरुको विशेष चाड उधौली (फोटो फिचर)
धनकुटा,१८ मंसिर । किरात राईहरुको विशेष चाड उधौली आज धनकुटामा पनि भव्यताका साथ मनाईएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिती धनकुटाले विशेष कार्यक्रम गरि साकेला उधाैली चाड मनाईएको हो ।
प्रकृति पुजक किरातीहरुले धनकुटा ६ राईकुवा टाेल साकेला थानमा पूजा आराधना गरि नयाँवाली पितृलाई चढाउदै याे चाड मनाएका हुन् ।
पूजाआराधना पछि सञ्चालित कार्यक्रम किरात राई यायाेक्खा जिल्ला कार्य समिती धनकुटाका अध्यक्ष उद्ववमणी राईको अध्यक्षता तथा केन्द्रीय सचिव अस्मिका राईको प्रमुख आतिथ्यमा भएको थियो ।
विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी भएको कार्यक्रममा प्रमुख अतिथी सहित संस्थाका प्रदेश सचिव राङ्माङ डुम्पा लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमकै अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने साकेला नाच पनि नाचिएको थियो ।
किरातीहरुले मंशिर पूर्णिमामा उधौली र वैशाख पूर्णिमामा उभौली चाड मनाउने गर्दछन् ।






