सहिदभूमि-२ छिन्ताङ्ग धनकुटामा भलिबल प्रतियोगिता हुने

नरेन्द्र कश्चित/धनकुटा,१९ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.-२ को ढोलमुखामा दोस्रो पालिका स्तरीय खुल्वा पुरुष भलिबल प्रतियोगिता मंसिर २४ गतेदेखि संचालन गरिने कार्यक्रम संयोजक अनिश राईले बताए ।

किराँत राई समुदायको मारुनी नाँच एवं सरस्वती पूजाको अवसरमा सहिदभूमि-२ को खाल्साथुम छिन्ताङ्ग युवा क्लबद्वारा उक्त भलिबल प्रतियोगिता संचालन गर्न लागेको हो ।

सहिदभूमि-२ को ढोलमुखा टोलमा संचालन हुने भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ रुपैया,ट्रफी,मेडल,प्रमाणपत्र र उप-विजेता हुने टिमलाई नगद रु ५५ हजार ५ सय ५५ रुपैया,ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने आयोजक खाल्साथुम छिन्ताङ्ग युवा क्लबका निवर्तमान अध्यक्ष एवं प्रतियोगिताका संयोजक अनिश राईले बताए ।साथै खेलको विभिन्न विधामा नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने खाल्साथुम छिन्ताङ्ग युवा क्लबका सल्लाहकार तिर्थ राईले बताए ।

भलिबल प्रतियोगिता मंसिर २६ गते समापन हुने आयोजकले बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।