कांग्रेस भित्र पूर्ण एकता कायम गरी मुलुकमा समस्या समाधान गर्न जुट्नु पर्ने : कांग्रेस पूर्व महासमिति सदस्य राई
धनकुटा । धनकुटाको सहिदभूमी गाउपालिका पिप्लेमा नेपाली कांग्रेसले भेटघाट तथा छलफल गरेको छ ।
त्यहाँका पार्टीका अग्रज व्यक्ती, पार्टीका नेता,जिल्ला सदस्य,पालिका,वडाका पदाधिकारी र यूवाहरुसँग छलफल गरेको हो ।
छलफलमा पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले राज्यको हरेक निकायहरुमा युवा पुस्ताको अनिवार्य सहभागीता गराई नेपाल निर्माणमा सवै सहभागी हुनु पर्नेमा जोड दिनु भयो । पूर्व महासमिति सदस्य शिव कुमार राईले कांग्रेस भित्र पूर्ण एकता कायम गरी मुलुकमा समस्या समाधान गर्न जुट्नु पर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु तिर्थ राई,जिल्ला सदस्य तथा सहिदभूमी गाउपालिका वडा नं. १ का वडाध्यक्ष रमेश कुमार राई,जिल्ला सदस्य तथा ४ नम्वर वडाका वडाध्यक्ष भीम वहादुर राई,जिल्ला सदस्यहरु लक्ष्मण राई , योगेन्द्र राई , यज्ञ राई, तोर्ण खड्का, कमल कुमारी राई,शेर वहादुर राइ लगायतकाे उपस्थिती थियाे ।
छलफल नेपाली कांग्रेस सहिदभूमी गाउपालिका कार्य समितिका सभापती टंक राईको अध्यक्षतमा भएको थियो ।


