सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

काठमाडौँ । विराटनगर किङ्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।

अब सुदूरपश्चिम र विराटनगरले पहिलो क्वालिफायरमा फाइनल प्रवेशका लागि खेल्नेछन् । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ ओभर ५ बलमा सम्पूर्ण ४ विकेट गुमाउँदै १५० रन बनाएको हो ।

विराटनगरका लागि फाफ डू प्लेसिस र सम हेजलेटले अर्धशतकीय पारी खेले । २० बल खेलेका डू प्लेसिसले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै २७ बल खेलेका हेजलेटले ३ चौका र ४ छक्का प्रहार गरे ।विराटनगरका मार्टिन गप्टिलले २२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहराले दुई विकेट लिँदा हर्मीत सिंहले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले नट आउट ४५ रन बनाउँदा इशान पाण्डेले ३८ रनको योगदान गरे ।

बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिँदा प्रतिश जिसीले दुई विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।