धनकुटाको महालक्ष्मी स्थित जितपुरमा १ हजार ५ सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण

सन्तोष सुवेदी,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७, स्थित जितपुरमा १ हजार ५ सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ।

निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार दुइ दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

निःशुल्क स्वास्थ्य शिविरबाट नगर भित्रका करिब १५ सयभन्दा बढी स्थानियको विभिन्न रोगको स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै स्वास्थ्य परिक्षणसँगै विरामीलाई आवश्यक औषिधि समेत निःशुल्क वितरण गरीएको थियो ।

शिविरमा हाडजोर्नि, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँखा, जनरल मेडिसिन, श्वासप्रश्वास रोग, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य र बालरोग सेवा रहेका थिए। यस्तै नाक, कान, घाटी, फार्मेसी, भिडियो एक्स–रे, प्रयोगशाला, इ.सी.जी (मुटु जाँच), फोक्सो जाँच र दाँत रोग सम्बन्धि सेवा दिईएको आर्खौले जितपुर सेवा समाज धनकुटाका संस्थापक अध्यक्ष खगेन्द्र नेपालले जानकारी दिए ।


जन्म, कर्म र पैत्रिक थलो धनकुटाको महालक्ष्मी भई काठमाडौं उपत्यकामा वसोवास गर्ने आएका समाजका परिवारका सदस्यहरुलाई प्रत्यक्ष सम्पर्कमा रहि नगरको स्वास्थ्य, शिक्षा र पर्यटन लगायतका क्षेत्रमा योगदान स्वरुप शिविर सञ्चालन गरिएको नेपालले बताए।

शिविरले विरामी भएर आर्थिक अवस्था कमजोर भएर अस्पलात जान नसकेकाहरुलाई विशेष टेवा पुगेको महालक्ष्मी नगर प्रमुख ध्रवराज रायले बताए। शिविरले नगर क्षेत्रका नागरिकको रोग परिक्षण गरी थप उपचारमा गर्न सहयोग गरेको नगरप्रमुख रायको भनाई छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।