दुबईमा यसरी मनाइयो “य:मरी पुन्ही “

सचिन्द्र श्रेष्ठ,युएई । दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस बर्ष पनि बिबिध कार्यक्रम सहित उपस्थित सबैलाई य:मरी वितरण गरी हर्षोल्लासका साथ य:मरी पुन्ही आइतबार सम्पन्न गरेको छ ।

कार्यक्रममा पुचका अध्यक्ष बिरेन्द्र नकर्मिले नेवारहरुले नेपाल बाहिर पनि नेवारी परम्परा, भाषा,रहनसहन र संस्कृति जगेर्ना गर्न संस्थागत रुपमा आफुहरु लागेको बताए ।नेवारी खाना ,नेवा: मूल्य मान्यता तथा यसको जगेर्ना तथा प्रचार प्रसार गर्न यस किसिमको कार्यक्रमको आवश्यकता रहेको नकर्मीले बताए।

कार्यक्रममा य:मरी पुन्हीको बेलामा गाईने गीतका साथै पुच:का सदस्यहरुले सामुहिक रुपमा नेपाल भाषा तथा नेपाली गीतहरु प्रस्तुत गरेर अतिथिहरुलाई मनोरन्जन एब खेलकूद प्रतियोगिता समेत भएको थियो ।
कार्यक्रममा कलाकारहरूले नेवारी परम्परागत बाजाहरू बजाएर आफ्नो संस्कृतिको पहिचान गराएका थिए। सोही समारोहमा प्रतियोगीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा महासचिव कुमार बलामिले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद ब्यक्त गर्नु हुदै मातृभूमिबाट यति टाढा परदेस रहेर पनि आफ्नो संस्कृतिको पहिचानको लागि नेवार समुदायले आयोजना गरेको य:मरी पुन्ही कार्यक्रमका अतिथिहरुलाई य:मरी सहित बिभिन्न नेवा:परिकारहरुको ब्यबस्था गरिएको थियो ।

धार्मिक, सांस्कृतिक मान्यताका साथै मौसम अनुसारको पौष्टिक आहारको रूपले महत्वपूर्ण मानिने यःमरी नेवा: समुदायको सभ्यता र संस्कृतिको परिकारको रुपमा परिचित मानिन्छ।

यूएईका बिभिन्न क्षेत्र बाट मौसम खराबी भए पनि नेपालीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।