एमाले नेतृत्वमाथि भौतिक हमला भएको दिन यो देश ठप्प हुनुपर्छ, यो सरकार पनि ढल्नुपर्छ:एमाले अध्यक्ष ओली

काठमाडौं, ४ पुष । नेकपा (एमाले) का तेस्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि मुद्दा–मामिला, भौतिक हमला र प्रहार हुनसक्ने खतरा औंल्याएका छन् । ११औं महाधिवेशनमा निर्वाचित भएपछि शपथग्रहण गरेपछि दिएको मन्तव्यमा ओलीले एमाले र यसको नेतृत्वमाथि प्रहार भए देश ठप्प पार्ने चेतावनी दिएका छन् ।

उनले भने,‘एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको छ। अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ। पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दामामिला चलाइन सक्छ, ुएमाले नेतृत्वमाथि भौतिक हमला हुने सम्भावना पनि छ। भौतिक हमला भएको दिन यो देश ठप्प हुनुपर्छ। यो सरकार पनि ढल्नुपर्छ। त्यसका निम्ति तयार रहन निर्देशन दिन्छु ।’

उनले सकिने पार्टी नभई जीवन्त र अजम्बरी पार्टी भएको बताए । ओलीले एमालेको ११औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूका लागि जवाफ बनेको बताए । उनले भने,‘एमालेको ११औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूका लागि जवाफ बनेको छ । नेकपा ९एमाले० सकिने पार्टी होइन, यो एक जीवन्त र अजम्बरी पार्टी हो ।’ उनले एमालेलाई फुटाउने षड्यन्त्र भए पनि सफल नहुने बताए ।

उनले भने,‘हाम्रो पार्टीमा जस्तो लोकतान्त्रिक अभ्यास अरूमा छैन । धेरैले यो पार्टी फुट्ने आस गरेका थिए, फुट्छ भनेर कोसिस गर्दै धूप हालिरहेका थिए, तीनको धूप खेर जान्छ । एमाले अझै मजबुत भएर जान्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।