मोरंगको लेटाङ ७ मा श्रम संस्कृति पार्टीको वडा कार्यसमिति गठन

मोरंग । लेटाङ नगरपालिका वडा नं. ७ मा श्रम संस्कृति पार्टीको वडा कार्यसमिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ७० जनाको उपस्थिति रहेको थियो। वडा भित्रका विभिन्न टोलबाट स्थानीयवासीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रमका अवसरमा श्रम संस्कृति पार्टीका भेस्ट वितरण गरिएको थियो। वक्ताहरूले श्रम संस्कृति पार्टीप्रतिको माया देश र माटोपप्रतिको माया सरह भएको धारणा व्यक्त गर्दै पार्टीको दृष्टिकोण र सिद्धान्तप्रति आम नागरिकको आकर्षण बढ्दै गएको बताएका थिए। सहभागीहरूले पार्टीको विचारधारालाई सकारात्मक रूपमा लिएको देखिएको थियो।

कार्यक्रमबाट नन्द लिम्बुको अध्यक्षतामा ७० सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ। नवगठित समितिमा केशरसिंह लिम्बु उपाध्यक्ष, कान्छा बहादुर लिम्बु सचिव, बम बहादुर लिम्बु सहसचिव तथा मनमाया लिम्बु कोषाध्यक्ष चयन भएका छन्।

उत्साहजनक सहभागिता, संगठित उपस्थिति र स्पष्ट राजनीतिक सन्देशसहित वडा कार्यसमिति गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन्।

कार्यक्रमको अन्त्यमा आफ्नो भनाइ राख्दै न्यायिक समितिका अध्यक्ष के.बी. सुब्बाले श्रम, इमानदारी र जनउत्तरदायित्वको आधारमा अब देश निर्माण गर्न सक्ने पार्टी श्रम संस्कृति पार्टी मात्र भएको धारणा व्यक्त गर्नुभयो।

उहाँले नवगठित वडा कार्यसमितिले जनताको भरोसा जित्ने गरी सक्रिय भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गर्दै आजको कार्यक्रम‌ सम्पन्न गर्नुभएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।