अंशु गौतम हत्या प्रकरणमा अपराधीलाई कठघरामा उभ्याएको योगदानको कदर गर्दै मोरङ प्रहरी प्रमुख कटुवाल सम्मानित

मोरंग,४ पुस । लेटाङ नगरपालिकाले लेटाङ–२ की स्व. अंशु गौतमको जघन्य हत्या प्रकरणमा हत्यारालाई पत्ता लगाई दोषीलाई कानुनी कठघरामा उभ्याउन सफल भएको भन्दै मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाललाई सम्मान गरेको छ।

नगर क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न र संवेदनशील घटनामा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै सुरक्षा निकायप्रति आभार व्यक्त गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नगरप्रमुख भूपेन्द्रकुमार लावतीले अंशु गौतम प्रकरणमा स्थानीय तह र प्रहरीबीचको समन्वयका कारण अपराधी पहिचान गरी कानुनी प्रक्रियामा ल्याउन सफल भएको उल्लेख गर्दै यसले नागरिकमा न्यायप्रतिको भरोसा बढाएको बताए। उनले आगामी दिनमा पनि नगरपालिकाले प्रहरी प्रशासनसँग सहकार्य गर्दै शान्ति–सुरक्षा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

उपप्रमुख कृष्णकुमारी निरौलाले कठिन र संवेदनशील अवस्थामा पनि प्रहरी प्रशासनले देखाएको तत्परता र व्यावसायिकताको प्रशंसा गर्दै पीडित परिवारलाई न्याय दिलाउन राज्य संयन्त्र एकताबद्ध हुनुपर्ने धारणा राखिन्।

प्रमुख प्रशासकीय अधिकृत शसि राईले अपराध नियन्त्रण र सामाजिक सुरक्षाका लागि समुदाय, स्थानीय तह र प्रहरीबीचको सहकार्य अनिवार्य रहेको बताए।

सम्मान कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, संघ–संस्थाका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मानपछि एसपी कटुवालले अंशु गौतम प्रकरणजस्ता जघन्य अपराधमा दोषीलाई कानुनी कठघरामा उभ्याउन प्रहरी सदैव प्रतिबद्ध रहने भन्दै नागरिकलाई न्यायको अनुभूति गराउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।