विराटनगरमा सक्रिय क्षयरोग खोजपडताल अभियान, ५ जना नयाँ बिरामी पहिचान

विराटनगर । क्षयरोगमुक्त अभियान नेपालअन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’ अन्तर्गत सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ ।

महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा क्षयरोगको उच्च जोखिममा रहेका लक्षित समुदायका व्यक्तिहरूको आधुनिक प्रविधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो । एआई प्रविधि जडित एक्स–रे र खकार परीक्षणमार्फत स्क्रिनिङ गर्दा कुल ७९४ जनाको एक्स–रे गरिएको र १५० जनाको खकार संकलन गरी थप परीक्षणका लागि पठाइएको महानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य संयोजक डा. दिलिपकुमार यादवका अनुसार स्क्रिनिङको क्रममा ५ जना नयाँ क्षयरोगी (पीसीडी) पहिचान भएका छन् । पहिचान भएका बिरामीलाई तत्काल उपचार प्रक्रियामा समावेश गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने डट्स प्रणालीअनुसार उपचार सुरु गरिएको छ ।

शिविर सञ्चालनमा महानगरपालिकाको स्वास्थ्य महाशाखा, क्षयरोग कार्यक्रम संयोजक, सम्बन्धित वडाका आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सक्रिय सहभागिता रहेको थियो ।

यसैबीच, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र लेखा अधिकृत सञ्जिबकुमार भट्टराईले शिविरको अनुगमन गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए ।

महानगरपालिकाले यस्ता लक्षित खोजपडताल कार्यक्रमले लुकेका क्षयरोगी पहिचान गर्न, समयमै उपचार सुरु गर्न र क्षयरोग उन्मूलनको राष्ट्रिय लक्ष्यतर्फ योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।