विराटनगर महानगरको आयोजनामा एकदिने लेखा प्रणाली सम्बन्धी तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई एकदिने लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ ।

सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगरको क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरुलाई तालिम दिइएको हो । तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उदघाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । सहकारीलाई विधि विधानअनुसार सञ्चालन गर्न यस्ता तालिम उपलब्धिमूलक हुने मेयर कोइरालाको भनाइ थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले सहकारीसम्बन्धी ऐन कानुनसहित लेखासम्बन्धी तालिम दिँदा सहकारीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।

वडा नम्बर १९ का वडाध्यक्षसमेत रहेका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित मर्यादित बनाउन महानगरले विगतदेखि नै तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले विगतमा सहकारीप्रतिको धारणा नकारात्मक रहेको उल्लेख गर्दै बचतकर्ता र ऋणीको विश्वास जित्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।

तालिममा लेखा सुरपरीवेक्षण समितिको काम, कर्तव्य र अधिकार, सहकारीको वित्तीय स्रोत परिचालन तथा कोष व्यवस्थापन, लेखा समितिको भूमिका, त्रैमासिक र वार्षिक प्रतिवेदन प्रणालीलगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख चाँदनी राईले जानकारी दिइन् । तालिममा सहभागीहरुलाई सहकारी विज्ञ नविन मैनालीले सहजीकरण गरेका थिए ।

तालिममा महानगरको क्षेत्राधिकारभित्र रहेका ३५ वटा सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरु सहभागी भएको सहकारी शाखाकी रोजी कार्कीले बताइन् । उनका अनुसार महानगरको क्षेत्राधिकारभित्र १७२ वटा सहकारी सञ्चालनमा छन् । अन्य सहकारीका पदाधिकारीहरुलाई पनि क्रमैसँग तालिम दिइने महानगरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।