जापानमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु
टोकियो । जापानको राजधानी टोकियोमा सडक पार गर्ने क्रममा कारको ठ’क्करबाट एक नेपाली विद्यार्थीको ज्या’न गएको छ। अध्ययनका लागि सन् २०२३ को जुलाईमा पोखराबाट जापान आएकी प्रीति सुनारको दु’र्घ’ट’नामा मृ’त्यु भएको हो।
टोकियोको कात्सुशिका सिटी अन्तर्गत कामेअरी क्षेत्रमा रहेको जेब्रा क्रसिङमा डिसेम्बर २८ को राति करिब १०:२५ बजे द्रुत गतिमा आएको कारले ठक्कर दिँदा उनी ग’म्भीर घा’इते भएकी थिइन्। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृ’त घोषणा गरेको कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले जानकारी दिएका छन्।
मृ’तक सुनार टोकियोको तात्सु कलेज अफ टेक्नोलोजीमा अध्ययनरत थिइन्। उनको पा’र्थिव शरीर हाल अस्पतालमै राखिएको छ। नयाँ वर्षको लामो बिदाका कारण थप प्रक्रिया ढिलाइ भएको कामेअरी प्रहरीले जनाएको छ।
मृ’त’ककी परिवारले जापानबाट पा’र्थिव शरीर नेपाल ल्याउन सहयोगको अपील गरेका छन्। यस दुःखद घ’ट’नाले जापानमा अध्ययनरत नेपाली समुदायलाई शो’क’मा डुबाएको छ।

