झापामा स्कुटर दुर्घटना, चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु

झापा । निर्माणाधीन एसियाली राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति भएको दुर्घटनामा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ।

काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी मेचीनगर–६ निवासी साहलाई तत्काल धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार ट्रक चालक भारत पञ्जावको अमृतसर निवासी ३६ वर्षीय सन्दीप सिंहलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ।

स्थानीयवासीले निर्माणाधीन एसियाली राजमार्गमा अव्यवस्थित डाइभर्सन र हिलाम्मे सडकका कारण सवारी आवागमन जोखिमपूर्ण बनेको गुनासो गरेका छन्। यसअघि पनि यही पुस ५ गते विर्तामोड–६ स्थित बुट्टाबारी चिया बगान नजिकको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको थियो।

काँकडभिट्टा–विर्तामोड खण्डमा डाइभर्सन र सङ्केत चिह्न स्पष्ट नदेखिने तथा चिप्लो माटोयुक्त सडकमा पानी खन्याउँदा सडक झन् हिलाम्मे हुने गरेको सर्वसाधारणको भनाइ छ। खराब डाइभर्सनका कारण आफूहरू पनि दुर्घटनामा परेको कनकाई–६ की पत्रकार सावित्रा दाहाल र मेचीनगर–९ का इभन लुइँटेलले बताएका छन्। उनीहरू लामो समय उपचारपछि हालै घर फर्किएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।