लेटाङमा मेलमिलाप केन्द्रित कानुनी पुनर्ताजगी तालिम सुरु

लेटाङ, १८ पुस । “बेलैमा गरौँ मिलाप, नगरौँ बिलाप” भन्ने मूल सन्देशका साथ लेटाङ नगरपालिका न्यायिक समितिले स्थानीय तहमा हुने विवादलाई कानुनी प्रक्रिया र मेलमिलापको माध्यमबाट समाधान गर्ने उद्देश्यसहित तीन दिने पुनर्ताजगी (रिफ्रेसर) तालिम सुरु गरेको छ।

तालिम पुस १८, १९ र २० गते हुने तालिम बिहान १० बजेदेखि लेटाङ नगरपालिकाको सभाहलमा सञ्चालन भईरहेको छ ।

यस तालिममा समुदायस्तरमा देखापर्ने पारिवारिक विवाद, जमिनजग्गा सम्बन्धी मुद्दा, सामान्य झगडा, आपसी मनमुटाव, घरायसी हिंसा जस्ता विषयलाई अदालतभन्दा अघि नै स्थानीय तहमै मेलमिलापको माध्यमबाट कसरी समाधान गर्ने भन्नेबारे व्यवहारिक अभ्यास गराइनेछ ।

सहभागीहरूलाई न्यायिक समितिको अधिकारक्षेत्र, कानुनी प्रशासनिक प्रक्रिया, कार्यविधि, कागजी प्रक्रिया, निर्णय लेखन तथा नागरिकमैत्री न्यायिक सेवा सम्बद्ध विषयमा प्रशिक्षण दिइने छ ।

कार्यक्रम लेटाङ नगरपालिकाकी उप–प्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्ण कुमारी पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिममा प्रमुख प्रशासकीय अधिकृत शशी राईको उपस्थितिमा भएको कार्यक्रममा कानुनी सल्लाहकार एवं प्रशिक्षक गणेशराज लुईटेलले प्रशिक्षण प्रदान गर्नुहुदैछ ।

उद्घाटन सत्रमा बोल्दै उपप्रमुख पोख्रेलले न्यायिक समितिले गर्ने काम केवल “मुद्दा टुंग्याउने” मात्र नभई समाजमा मेलमिलापको संस्कृति विकास गर्ने जिम्मेवारी समेत रहेको बताउँदै तालिमले स्थानीय तहको न्यायिक अभ्यासलाई अझ सक्षम बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

तालिममा लेटाङ नगरपालिकामा कार्यक्षेत्र बनाएर काम गरिरहेका मेलमिलापकर्ताहरुको सहभागिता छ।-लेटांग खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।