यि हुन् पाँचथरका उमेश मोक्तान,जसले बुद्द एयरको इमर्जेन्सी ढोका खोलेर धेरैको ज्यान बचाए
विराटनगर । इमर्जेन्सी ढोका खोलेर धेरैको ज्यान बचाएका पाँचथर का उमेश मोक्तान भन्छ्न-
‘ल्यान्ड भइसकेको थियो आइपुग्यो भनेर खुसी भइयो। तर एक्कासी चिप्लिएको आवाज आयो पछाडिबाट धुवाको मुस्लो देखियो र गनायो। सबैजना डराउनुभयो ।
कोही रुने, कराउने गर्न थाल्नुभयो । मैले इमर्जेन्सी ढोका हत्तपत्त खोले । धेरैजना आमाहरुले पनि हाम फालेर ज्यान बचाउनु भएको छ । हाम नफालेको भए त निशासिएर मरिसकिने थियो।
धेरैजना यात्रुहरूले चिच्याउँदै ढोकामा लात्ता हान्नुभएको थियो तर खुल्ने अवस्था थिएन। सपना हो की जस्तो लाग्यो ।’


