रास्वपा नेता आशिफ शाह काठमाडौ ५ बाट चुनाव लड्ने
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आशिफ शाहले आगामी निर्वाचनका लागि समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्।
उनले भने, “म राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्थें।
साथीहरूको सुझावमा समानुपातिक प्रणालीमा अघि बढेको थिएँ, तर पछि आएको प्रतिक्रिया र आत्ममन्थनले महसुस गरायो-जनता र साथीहरूको भावनामा चोट पुर्याएर सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।” “प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ-उठ्ने नै हो।
हामी काठमाडौँ-५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ,” उनले भनेका छन्, “देशभन्दा ठूलो केही हुँदैन।”


