विराटनगरमा स्वर्ण बिन्दु प्राशनप्रति बढ्दो आकर्षण

विराटनगर । राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम अन्तर्गत मासिक रुपमा ५ बर्ष मुनीका बालबालिकालाई सेवन गराईदै आएको स्वर्ण बिन्दु प्राशन कार्यक्रम आगामी पौष २१ गते पुन हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख राम प्रवोध चौधरीले जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय कार्यक्रमको रुपमा सुरु गरेपछि यसप्रति सर्वसाधारण नागरिकाको चासो बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार यस केन्द्रले शुरुमा १६० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको थियो । दोश्रो स्वर्णविन्दू प्राशन गर्ने बालवालिकाको सङख्या ३४१ पुगेको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख चौधरीले बताउनुभयो ।

दोश्रो महिनामा नयाँ १८१ जना बालबालिकाले स्वर्णविन्दु सेवन गरेको र पुनरावृत बालबालिकाको संख्या १६० गरि कुल ३४१ पुगेको थियो । यस महिनामा अन्य थप वालबालिकाले पनी स्वर्ण विन्दु सेवन गर्ने उहाँले बताउनुभयो ।

आयुर्वेद पञ्चकर्मका एम.डी. चौधरीका अनुसार राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई मोरङमा अझै व्यवस्थित र एकरूपताका साथ अगाडि बढाउन लागिएको जानकारी दिनुभयो ।उहाँका अनुसार विराटनगरका १ न वडा देखी १९ नम्बर वडा सम्मका बालबालिकालाई यो कार्यक्रममा अनिवार्य रुपमा समावेश गर्न सबैमा आग्रह गर्नुभयो ।

शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर यो औषधी खुवाइने छ । स्वर्ण प्राशन आयुर्वेदको एक प्राचीन चिकित्सा पद्धति हो, जसलाई आधुनिक खोपको अवधारणासँग तुलना गरिन्छ ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई बढवा दिनु र उनीहरूलाई विभिन्न रोगबाट बचाउन यसको प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । प्रशोधित स्वर्ण भस्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्ने शास्त्रिय मान्यता छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।