उदयपुर केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प
उदयपुर । उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।


