बुद्ध एयरको विमान निकाल्न विराटनगरबाट ठूलो क्रेन क्रेन लगिँदै
झापा । बुद्ध एयरको विमान निकाल्न विराटनगरबाट क्रेन लगिँदै
भद्रपुर विमानस्थलमा शुक्रबार राति धावनमार्गबाट बाहिरिएर खोल्सोमा धसिएको बुद्ध एयरको एटीआर–७२ विमान निकाल्ने प्रयास आइतबार पनि जारी छ।
साना क्रेनले विमान उठाउन नसकेपछि आज विराटनगरबाट ५० टन क्षमताको ठूलो क्रेन लगिँदै छ।
विमानलाई हलुका बनाउन शनिबार नै भित्रका ७२ वटा सिट र करिब १,२०० किलो इन्धन निकालिएको छ।
काठमाडौँबाट आएका १८ जना प्राविधिक र नागरिक उड्डयन प्राधिकरणको टोली घटनास्थलमा खटिएका छन्। आज ठूलो क्रेनको सहयोगमा विमानलाई उचालेर सुरक्षित स्थानमा सार्ने योजना छ।


