स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचन विगतको भन्दा अलिक फरक रहेको बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको फुङलिङ बजार पुग्नुभएको भट्टराईले यस्तो बताउनुभएको हो ।

प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा आइतबार सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्नु हुँदै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहनुभएका भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचनले विश्वस्त ढङ्गले लोकतन्त्रको स्थायित्व गर्ने बताउँनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले लोकतन्त्रमाथि हमला भएको छ । सात सालदेखि अन्तिम भन्दै आएको क्रान्ति अझै अन्तिम हुन सकेको छैन, त्यसैले लोकतन्त्रको रक्षको एउटा स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन हो ।’

जनताका प्रतिनिधिले बनाएको संविधान माथि हमला भएको उहाँको भनाई थियो । त्यसैले संविधानलाई पुन जीवित गर्न यो निर्वाचनको अर्को महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । त्यसैले यो संविधानको रक्षको लडाइमा लोकतन्त्रका पक्षधरलाई विजय गराउनुभयो उहाँको माग थियो ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भिमादेवी ओझाको नाम सिफारिस गरेको हो ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।