त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता
चितवन । चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटमा शनिबार त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बर्दियाका २१ वर्षीय शंकर चौधरी र २२ वर्षीय सौरभ थारु रहेका छन्, जो त्रिशूली हाइड्रोपावरमा काम गर्ने सिइ कन्स्ट्रक्सन प्रालिका कामदार हुन्।
सशस्त्र प्रहरी बलका गोताखोरसहितको टोलीले खोजी गरे पनि शनिबार साँझसम्म फेला परेनन् र खोजी कार्य आइतबार पनि जारी रहनेछ।


