एसियन हाईवे निर्माणका क्रममा क्षति भएपछि मोरङ्गी खोलाको पुल जोखिममा
विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी र पथरीशनिश्चरे जोड्ने मोरङ्गी खोलाको पुल एसियन हाईवे निर्माणका क्रममा क्षति भएपछि जोखिमपूर्ण बनेको छ।
पुल कुनै पनि बेला भत्किन सक्ने अवस्था देखिएपछि इलाका प्रहरी कार्यालय पथरीले उक्त पुल हुँदै सवारी आवागमन रोक्का गरेको जनाएको छ।
यात्री सुरक्षालाई मध्यनजर गर्दै मालवाहक तथा ठूला सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। अहिले सवारी साधनहरू कानेपोखरी–लेटाङ–जाते हुँदै पथरी आवतजावत गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।


