कोशीका मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् पुनर्गठनको तयारी
विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनको तयारी भइरहेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो गृहकार्यपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् ।
मन्त्रिपरिषद् स्रोतका अनुसार मुख्यमन्त्रीले यसबारे सत्ता साझेदार नेपाली कांग्रेससँग समेत छलफल गरिसकेका छन् ।


