इटहरीको एनआइसी बैंकभित्र आत्मदाह प्रयास
इटहरी । इटहरी स्थित एनआइसी बैंकभित्र ऋणको तनावले पेट्रोल छर्केर आत्महत्या प्रयास भएको छ।
नागरिक बचाउ अभियान र बैंक कर्मचारीको त्वरित हस्तक्षेपले पीडितलाई जोगाइएको छ।
इटहरीकै गङ्गाराम साह (तेली) ले बैंक कर्मचारीसँग मिलेर आफूलाई ३ करोडभन्दा बढीमा डुबाइएको आरोप लगाएका छन्।


