पाख्रिबासमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
धनकुटा,२१ पुष । धनकुटाको पाख्रिबासमा नि:शुल्क शिविर सञ्चालन हुने भएको छ ।
शिविर पुष २६ गते बिहान ८ देखि दिउंसो ४ बजे सयपत्रि बोडिङ्ग स्कुल पाख्रीबास- ४ मा संचालन हुने भएको हो ।
पाख्रीबास नगरपालिकाको आयोजना तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि विराटनगरको प्राविधिक सहयोगमा शिविर संचालनको आयोजना गरिएको हो ।
शिविरमा न्यूरो सम्बन्धि सेवा ,हाडजोर्नी सम्बन्धि सेवा ,फिजिसियन सम्बन्धि सेवा ,बाथरोग सम्बन्धि सेवा ५.यूरोलोजी सम्बन्धि सेवा ,नवजात शिशु तथा बालरोग सम्बन्धि सेवा ,डाइटिसियन सम्बन्धि सेवा ,चर्मरोग सम्बन्धि सेवा ,प्रसुति तथा स्त्रीरोग सम्बन्धि सेवा ,मृगौला रोग सम्बन्धि सेवा ,जनरल सर्जरी सम्बन्धि परामर्श १२. दन्तरोग सम्बन्धि सेवा ,प्याथालोजी सम्बन्धि सेवा र फिजियोथेरापी सम्बन्धि सेवा उपलब्ध रहने नपाद्वारा जारी सुचनामा उल्लेख छ ।


