कोशीमा बिशेषज्ञ सेवा सहितको घुम्ती अस्पताल आजबाट संचालनमा

विराटनगर । कोशी प्रदेश सरकारद्वारा नेपाल मै पहिलो बिशेषज्ञ सेवा सहितको घुम्ती अस्पताल आजबाट संचालनमा आएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरेका हुन् ।

ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका नर्सिङ प्रशासक आस्था थापाका अनुसार बसभित्र रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ ।

घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको चर्चा गर्दै यसलाई थप परिष्कृत गर्दै आम जनतामा पुर्याउने प्रदेश सरकारको तयारी रहेको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।