अमेरिकामा अस्ताए विराटनगरका ३२ बर्षिय बिवेक
विराटनगर । विराटनगर–१५ रानीका बिबेक कुमार दाहाल डेढ वर्ष अगाडी अमेरिका पुग्नु भएको थिए ।
भर्खर ३२ वर्षमात्रै पुग्दै गर्दा उनलाई मस्तिष्कघात भयो । जसको उपचारका लागि उनलाई वासिङटन डी.सी.स्थित मेडस्टार वासिङटन हस्पिटल सेन्टरमा भर्ना गरियो ।
झण्डै तीन हप्तासम्म अस्पतालको उपचारमा रहेपनि डिसेम्बर ३१, २०२५ मा दाहालको निधन भयो ।
निधन भएको १३ दिन बित्यो तरअन्तिम संस्कारका लागि नेपाल ल्याउने वातावरण बनाउन परिवारका लागि खर्च अभाव भएको छ । श्रीमानको मृत शरीर नेपाल ल्याएर अन्तिम संस्कार गर्न चाहेपनि संभव नभएको उनकी पत्नी सिर्जना कार्कीले बताइन् ।
उनका अनुसार अस्पतालको खर्चसहित यहाँ ल्याउनुपर्ने खर्च जुटाउन कार्य अहिले भइरहेको छ । वाल्डोर्फ, मेरिल्याण्ड (अमेरिका) मा बसोबास गर्दै आएका थिए ।


