विराटनगर क्रिकेट लिगमा लगातार ३ खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् ।

बुधबार भएको समुह वि को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवले लायन क्रिकेट एकेडमिलाई ३० रनले पराजित गरेको छ । लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थले फाइनलको यात्रा तय गरेको छ भने लायनले खेलेको २ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । जितसँगै सिद्धार्थले खेलेको ३ खेलमै जित निकाल्दै ६ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको छ । कटहरी ३ खेलमा १ मा जित र २ पराजित हुँदै २ अंकका साथ दोस्रो स्थान र डाइनामिक क्रिकेट एकेडेमिले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

टस जितेर ब्याटिङको गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सस ६ रनको योगफल तयार पारेको थियो । सिद्धार्थकालागि फिर्दोस अन्सारीले अविजित हुँदै ३७ रन र दिपेश कँडेलले १९ रन बनाए । लायनका शकिव हकले ३ विकेट लिँदा गौरभ कटवालले २ विकेट लिए ।

जवाफमा १ सय ७ रनको लक्ष्य पछ्याएको लायनले १७ दशमलव ३ बलमा सवै विकेट गुमाई ७६ रन मात्र सिमित भयो । लायनका शकिव हकले २६ रन जोड्दा निरजकुमार ठाकुरले १२ रनको योगदान दिए । सिद्धार्थका निरज मुखियाले ३ विकेट लिँदा दिपेश कँडेल, फिर्दोस अन्सारी र विजय मण्डलले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सिद्धार्थका फिर्दोस अन्सारी घोषित भए ।

यस अघि भएको पहिलो खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमिले मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई ३ विकेटले पराजित गर्दै समुह ए को शिर्ष स्थानमा उक्लिएको छ भने लगातार २ खेलमा पराजित हुँदै मिल्स प्रतियोगिताबाट बाहिरिएको छ । जितसँगै विराटनगरको ४ अंक रहेको छ । विराटनगरले खेलेको २ वटै खेलमा जित निकालेको छ । विराट क्रिकेट एकेडेमि २ खेलमा १ मा वित १ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, इलाइटले खेलेको २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो र मिल्सले खेलेको २ वटै खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

टस हारेरर ब्याटिङको गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सस ३ रनको समान्य योगफल तयार पारेको थियो । मिल्सलागि रितिक चौधरीले १७ रन, अभय कुमीले १४ रन, नरेन्द्र कर्णले १३ रन तथा सँतोष चौधरी र डनिस राजाले ११–११ रन बनाए । विराटनगरका क्रितिक कामतले ३ लिँदा रितेश झा र कृष शर्माले २–२ विकेट लिए ।

जवाफमा १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव १ बलमा ७ विकेट सो विजयी लक्ष्य भेट्टाएको थियो । विराटनगरका भुपाल दंगालले २५ जोड्दा सागर कटवालले २१ रनको योगदान दिए । मिल्सका विधान गोश्वामीले २ विकेट लिँदा वैभव राजले पनि २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटनगरका सागर कटवाल घोषित भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।