रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेद्वारी दिएका थापाविरूद्ध उजुरी

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका लालविक्रम थापाविरूद्ध उजुरी परेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि मंगलवार मनोनयन गरेका थापाविरूद्ध बुधवार निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको हो ।

प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा उनीविरूद्ध उजुरी गरेका हुन् ।

थापाले इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयलाई ७४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको र लेखापरीक्षणले पनि बक्यौता रहेको ठहर गरेको थियो ।

सोबारे पण्डितले उजुरी गरेका हुन् । खासगरी थापा यसअघिको निर्वाचनमा पनि सो क्षेत्रबाट उम्मेदवार रहेका थिए ।

उजुरीउपर जाँचबुझ गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ९ माघ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

९ माघ दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।-स्रोत:टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।