वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि चुवा समाज युवा क्लब हाङ्पाङले हात पारेको छ । श्री वरकदेन युवा क्लबको आयोजनामा बुधबार सम्पन्न भएको खेलमा गोरखा युवा क्लब फुङलिङ–१ लाई ५–० गोल अन्तरले पराजित गर्दै हाङ्पाङ उपाधि हात पारेको हो ।

उपाधि सँगै हाङ्पाङले नगद एक लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बन्न सफल फुङलिङले एक लाख १ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो ।

गोल्ड कप कक्फेक्वा तङ्नाम माघे सक्रान्तीको अवसरमा सञ्चालन गरिएको श्री वरकदेन युवा क्लबका अध्यक्ष उमेश केदेमले बताउनुभयो । खेलकुदको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने मूल उद्देश्य रहेको पनि अध्यक्ष केदेमको भनाई छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।