पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमद्वारा पार्टी पारित्याग
काठमाडौं । पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी पारित्याग गरेका छन् ।
डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले साधारण सदस्य नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।
उनीहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन् ।


