इलाममा अटो दुर्घटना, चालकको मृत्यु
इलाम । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका ३ स्थित पानीटार चियाबारी नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परि देउमाई नगरपालिका ५ धुसेनीका पदम लुइँटेलका छोरा १८ वर्षका युनिश लुइँटेलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलाममा सूचना अधिकारी तथा डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रदेश १-०१-००१ ह ९७८२ नम्बरको अटोब दुर्घटनामा परेको हो । दुर्घटना भएको अवस्थामा अटो फेला पारी स्थानीयले घाइते अवस्थामा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे पुर्याएका थिए । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
आज बिहान साढे चार बजे दुर्घटना भएको जनाइएको छ । जितपुरबाट मङ्गलबारे तर्फ जाँदै गरेको अटो दुर्घटना भएको बताइएको छ ।
अनियन्त्रित भएर दुर्घटना भएको हुनक्ने अनुमान छ ।
अटोमा चालक एक्लै सवार भएको बताइएको छ ।


