मोरङ–६ : शेखर–विनोदलाई टक्कर दिँदै जेनजी उमेदवार खत्री

मोरंग । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘हेभीवेट’ उमेदवारका कारण यसपटक पनि चर्चामा छ । केही अघिसम्म पनि कांग्रेसजन नेता डा. शेखर कोइराला उमेदवार बन्ने हुन वा होइनन् भन्ने द्विविधामा थिए ।

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले प्रारम्भिक उमेदवार सूची सार्वजनिक गर्दा यो क्षेत्र खाली थियो । एमालेका विनोद ढकाललाई ‘होल्ड’मा राखिएको थियो । तर, दुवै नेता अन्ततः यही क्षेत्रमा चुनाव लड्न मनोनयन दर्ता गराएका छन् ।

आआफ्ना पार्टीमा दुवै राजनीतिक खेलाडी र पार्टीमा उस्तै पकड बनाएका नेता मानिन्छन् । शेखर विशेष महाधिवेशनमा खुलेनन् । तर अन्तिममा गगन थापासँग टिकट लिएर चुनाव लड्न आए । विनोद अध्यक्ष ओलीको इतर समूहबाट केन्द्रीय महाधिवेशनमा सचिव पदमा उठे ।

यिनै पुराना र राजनीतिमा जरा गाडेका उमेदवारलाई यसपटक मोरङ–६ मा २५ वर्षीय जेनजी उमेदवार राम खत्रीले टक्कर दिँदै छन् । भोजपुर घर भई विराटनगरमा बस्दै आएका खत्री मोरङमा कान्छा उमेदवार हुन् । राजनीतिमा भर्खरै उदाउँदै गरेका र जेनजी मुभमेन्टपछि चर्चामा आएका उनी द काउन्सिल अफ जेनजी मोरङका संयोजक पनि हुन् ।

खत्री भन्छन्, “जेनजी आन्दोलनपछि देशले नयाँपन र परिवर्तन खोजेको छ । हाम्रा मुद्दालाई नीतिगत रूपमै लागू गराउन यसपटक चुनावमा उठेको हुँ ।” पुराना र परम्परागत दलका पाका उमेदवार धेरै पटक परीक्षण भइसक्दासमेत खासै परिवर्तन अनि परिणाम नआएको उनले बताए ।

खत्री सरसफाइ र वातावरणसम्बन्धी अभियानमा समेत क्रियाशील छन् । पत्रकारसमेत रहेका उनी भन्छन्, “समाजले परिवर्तन खोजेको छ । जेनजी आन्दोलनको म्यान्डेड पनि त्यही थियो । राजनीति र प्रशासनिक क्षेत्रमा भएको धुलोमैलो सफा गर्ने उद्देश्यले नै म राजनीतिमा सक्रिय हुन लागेको हुँ ।”

खत्रीले युवा र पुरानाबाट दिक्क भएका मतदाताले आफूलाई समर्थन गर्ने अपेक्षा रहेको सुनाए । मोरङ–६ मा अघिल्लो पटक कांग्रेसका शेखर कोइराला विजयी भएका थिए । उनले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।