धनकुटाका एक जना लागुऔषध गांजा सहित धरानबाट पक्राउ
धनकुटा । सुनसरीको धरानबाट लागुऔषध गांजा सहित धनकुटाका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउंपालिका ७ की मनमाया लिम्बु रहेकी छिन् ।
लिम्बुलाई चेकजाँचको क्रममा सुनसरीको धरान-२ स्थितबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले ९ किलो ३०० ग्राम गाँजा र प्रदेश १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको कोशी पिरदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


