झापा, मोरङ र पाँचथरबाट लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, माघ ०८ गते । झापा, मोरङ र पाँचथरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ७ गते मोरङको विराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगर खटिएको प्रहरी टोलीले सुनसरी इटहरी- ४ का सोनम विश्वकर्मा र इटहरी- ६ का बिक्की चौधरीलाई ६ ग्राम ब्राउन सुगर र नाईट्राजाम ५० चक्की सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरि झापाको मेचीनगर नगरपालिका-६ बाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले बुद्धशान्ति गाउँपालिका- ४ का अनमोल राईलाई १ ग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम- १ बाट सोहि स्थानका सौगत बस्नेतलाई ट्रमाडोल ५३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाको थप अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।