धनकुटाका उम्मेदवार विरुद्ध परेन उजुरी
धनकुटा,८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका धनकुटाका उम्मेदवारमाथि कुनै पनि उजुरी नपरेको पाइएको छ ।
निर्वाचन आयोगले उम्मेदवारहरू माथि उजुरी गर्नका लागि बुधबार समय निर्धारण गरेको थियो । सो अवधिमा उम्मेदवारमाथि कसैले पनि उजुरी नपरेको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
एक निर्वाचन क्षेत्र रहेको धनकुटाका लागि १४ दल र ४ स्वत्रन्त्र उमेद्वारी दिएका छन् ।
उम्मेदवारी दिनेमा एमालेका तर्फबाट राजेन्द्र कुमार राई सहित नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति दिनेश राई,नेपाली कम्युनिष्ट पाटीबाट धर्मराज पौडेल,राष्ट्रिय स्वत्रन्त्र पाटी(रास्वपा)बाट दिनेश भण्डारीले उमेद्वारी रहेका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीबाट सानबहादुर राई,नेपाल मजदुर किसान पाटीबाट उत्तम साखकर्मी,आम जनता पाटीबाट प्रेम बहादुर थापा,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बालकुमार ताम्लीको उमेद्वारी परेको छ ।
राष्ट्रिय प्रजातन्त्र पाटीबाट बिभत्सु थापा,जनता समाजवाटी पाटीबाट निशान राई,नेपाल कम्युनिष्ट पाटी(माओवादी) बाट रबिन कुमार राई,जनता समाजवाटी पाटी नेपालबाट आईतराज लिम्बूको उमेद्वारी रहेको छ ।
त्यस्तै राष्ट्रिय परिवर्तन पाटीबाट शालिकराम राई,मंगोल नेशनल अर्गनाईजेशनबाट सागर राई र स्वत्रन्त्र तर्फ मनकुमार योञ्जन,जीतेन्द्र राई,लाक्पा तामाङ र गंगाराम गोम्देन रहेका छन् ।


